लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३१ गते
लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो साधारण सभा

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्ने उद्देश्यका साथ साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौं मा ३२ औँ वार्षिक साधारण सभा आयोजना गरेको छ। सो सभा दिउँसो साढे ४ बजे शुरू हुनेछ।

सभाले प्रतिकित्ता १,८४२ रुपैयाँ दरको नगद लाभांश वितरण गर्ने निर्णय गर्नेछ। साथै, लेखापरीक्षकको नियुक्ति, सामाजिक तथा सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान, र अन्य आवश्यक प्रस्तावहरु पारित गर्ने कार्यसम्पादन हुनेछ। त्यसैगरी, संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेड बाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेड मा परिवर्तन भएको सम्बन्धी नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने व्यवस्था गरिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। यसरी सेयरधनीहरुलाई लाभांश वितरण र कम्पनीको व्यवस्थापन सम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स