instainsta

आम्दानी बढेसँगै घलेम्दी हाइड्रोको घाटा ३.३३ करोडमा सीमित

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
आम्दानी बढेसँगै घलेम्दी हाइड्रोको घाटा ३.३३ करोडमा सीमित
AdvertisementAds

घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको घाटा ५६.७१ प्रतिशतले घटेर ३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

विद्युत बिक्री आम्दानी र अन्य आम्दानी वृद्धि तथा खर्चमा कमी हुँदा घाटा घटेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २१.९४ प्रतिशतले बढेर १२ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यस्तै, ब्याज आम्दानी ३ करोड १२ लाख रुपैयाँ र अन्य आम्दानी १ लाख ७ हजार रुपैयाँसहित कुल आम्दानी २५.१६ प्रतिशतले बढेर १५ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

कुल खर्च ७.४८ प्रतिशतले घटेर १८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय खर्च २६.९६ प्रतिशतले घटेको छ।

१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ २४ करोड २८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ भने सेयर प्रिमियम शीर्षकमा १८ करोड १५ लाख रुपैयाँ छ। कम्पनीको अल्पकालीन कर्जा ६ करोड १८ लाख रुपैयाँ र दीर्घकालीन कर्जा ६८ करोड ५९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २ पैसाले ऋणात्मक रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ४० पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२ रुपैयाँ ३ पैसा, मूल्य आम्दानी अनुपात १३१.४१ गुणा ऋणात्मक र तरलता अनुपात १३.६२ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Ghalemdi Hydro Limited (GHL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स