सर्वोच्चको आदेशपछि स्वावलम्बन लघुवित्तको ४८८औं बैठकको निर्णय स्थगित

सर्वोच्चको आदेशपछि  स्वावलम्बन लघुवित्तको ४८८औं बैठकको निर्णय स्थगित
Advertisement Ads

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोच्च अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशको पालना गर्दै यसअघि सञ्चालक समितिको ४८८औं बैठकबाट गरिएको महत्वपूर्ण निर्णय हाललाई कार्यान्वयन नगर्ने भएको छ।

संस्थाको मिति २०८३ साउन १२ गते बिहान ८:०० बजे बसेको सञ्चालक समितिको ४८९औं बैठकले २०८३ साउन ६ गते सम्पन्न ४८८औं बैठकको निर्णय नम्बर ४(क) तथा त्यसका आधारमा भएका सम्पूर्ण कार्यहरू हाललाई कार्यान्वयन नगर्ने र यथास्थितिमा राख्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उक्त निर्णय सम्मानित सर्वोच्च अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशबमोजिम गरिएको हो।

साथै, सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त नभएसम्म अदालतको आदेशअनुसार नै सम्पूर्ण प्रक्रिया अघि बढाइने निर्णय गरिएको कम्पनीले सूचनामार्फत जनाएको छ।

notice 1785231680054 https://bajarkochirfar.com/decision-of-488th-meeting-of-swabalamban-laghubitta-postponed-after-supreme-court-order | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स