साउनमै दोस्रो पटक बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ५ गते
साउनमै दोस्रो पटक बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति पुग्यो ?
AdvertisementAds

नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनामै दोस्रो पटक अन्डाको मूल्य बढाएको छ। साउन लागेपछि ४ दिनको अन्तरमा दुई पटक मूल्य समायोजन गर्दै संघले सबै प्रकारका अन्डाको फार्म मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाएको हो।

संघका अनुसार देशभरिका अन्डा उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो। यसअघि साउन १ गते बसेको बैठकले साउन २ देखि लागू हुने गरी मूल्य बढाएको थियो। त्यसको चार दिनपछि पुनः साउन ५ गते बैठक बसेर साउन ६ देखि लागू हुने गरी दोस्रो पटक मूल्यवृद्धि गर्ने निर्णय गरिएको हो।

नयाँ दरअनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ रुपैयाँबाट बढाएर ५ सय १५ रुपैयाँ कायम गरिएको छ। ठूलो अन्डाको मूल्य ४ सय ५० रुपैयाँबाट बढेर ५ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी, मिडियम अन्डाको मूल्य ४ सय २० रुपैयाँबाट बढेर ४ सय ७० रुपैयाँ पुगेको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी २ सय रुपैयाँले बढाएर २ हजार ९ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ।

फार्म मूल्य वृद्धि भएसँगै उपभोक्ताका लागि सबै प्रकारका अन्डाको खुद्रा मूल्य प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स