insta insta

अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा, अब प्रतिक्रेट कति तिर्नुपर्छ ?

अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा, अब प्रतिक्रेट कति तिर्नुपर्छ ?
Advertisement Ads

उत्पादनमा कमी आएपछि नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज शुक्रबारदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँसम्म बढाएको हो।

नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट ६०५ रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो अण्डाको मूल्य ५९० रुपैयाँ र मिडियम अण्डाको मूल्य ५५० रुपैयाँ प्रति क्रेट कायम गरिएको छ।

संघका अनुसार सानो अण्डाबाहेक अन्य सबै प्रकारका अण्डाको मूल्य बढाइएको छ। सानो अण्डाको मूल्य भने प्रति क्रेट ४५८ रुपैयाँ नै कायम छ। यो फार्म समर्थित मूल्य हो भने उपभोक्ता मूल्य प्रति गोटा २५ रुपैयाँ रहेको छ।

यसअघि एक्सएल अण्डा प्रति क्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मिडियम अण्डा ५३५ रुपैयाँ थियो। सानो अण्डाको मूल्य भने त्यसअघि पनि ४५८ रुपैयाँ प्रति क्रेट नै रहेको थियो।

उत्पादनमा आएको कमीका कारण अण्डाको आपूर्ति घटेपछि मूल्य बढेको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स