ऊर्जामन्त्री श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा कँडेल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
ऊर्जामन्त्री श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा कँडेल नियुक्त
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन्।

मन्त्रालयका अनुसार सल्लाहकारको भूमिकामा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई केन्द्रमा राखेर नीति तर्जुमा, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्नेछन्। साथै, बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिन पनि उनले योगदान गर्ने अपेक्षा गरिएको छ।

कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन्। उनले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

उनिसँग युएनडीपी, विश्व बैंक र आइरेनालगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स