दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

प्रोग्रेसिभ फाइनान्स लिमिटेड र कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेका संस्थापक सेयर बिक्रीमा राखेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दुवै संस्थाले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई मात्र सेयर खरिदको अवसर दिएका हुन्।

प्रोग्रेसिभ फाइनान्सले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सञ्चालक समितिसमक्ष आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ।

यस्तै, कुमारी बैंकले पनि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४७ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका अनुसार इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्। सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स