बुद्धभूमि नेपाल हाइड्रोपावरले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोपावरले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने
Advertisement Ads

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको साउन ५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडसँग रहेका ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ए जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीले यी दुवै आयोजनामा आफ्नो ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी लगानी गर्नेछ।

Screenshot 22 7 2026 131532 www.nepalstock.com https://bajarkochirfar.com/buddhabhumi-nepal-hydropower-to-invest-in-two-64-mw-hydropower-projects | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स