सर्वसाधारणले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमै बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
सर्वसाधारणले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमै बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर किन्न पाउने

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आज (जेठ २१ गते)देखि लिलामीमार्फत बिक्री खुला गरेको छ।

कम्पनीले ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। उक्त सेयरमा इच्छुक व्यक्ति तथा संस्थागत लगानीकर्ताले बोलपत्र पेस गरी खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ।

बोलपत्र न्यूनतम १०० कित्ताका लागि पेस गर्न सकिनेछ भने अधिकतममा सम्पूर्ण उपलब्ध कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकका विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, वीरेन्द्रनगर, नुवाकोट, नारायणगढ र नेपालगन्ज शाखामार्फत बोलपत्र पेस गर्न सक्नेछन्।

कम्पनीका अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २९ गते बैंकिङ समयसम्म तोकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स