नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार हिमालयन पावर पार्टनर लिमिटेड र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो।
हिमालयन पावर पार्टनरको ५३ लाख २७ हजार ८५ कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
बुद्ध भूमि नेपाल हाइड्रोपावरको ४० लाख कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।



प्रतिकृया