SHAREHUB SHAREHUB

३६ देश चिनेका अर्थमन्त्रीले आफ्नै देश चिन्न सकेनन्, पहिलो महिनामै बजेट असफल भयो: सांसद सङ्ग्रौला

Advertisement Ads
३६ देश चिनेका अर्थमन्त्रीले आफ्नै देश चिन्न सकेनन्, पहिलो महिनामै बजेट असफल भयो: सांसद सङ्ग्रौला
Advertisement Ads

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्थमन्त्री स्वर्णिम वाग्लेको आर्थिक नीतिमाथि कडा प्रश्न उठाएकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सङ्ग्रौलाले अर्थमन्त्री वाग्लेले ३६ देशको अर्थतन्त्र बुझेको दाबी गरिए पनि आफ्नै देशको आर्थिक अवस्था बुझ्न नसकेको आरोप लगाइन्।

‘अर्थमन्त्रीज्युले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरुले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो । किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन ।’उनले भनिन्।

सङ्ग्रौलाले अर्थमन्त्री वाग्ले चिठ्ठा कार्यक्रम सञ्चालनमा व्यस्त रहेको भन्दै व्यंग्यात्मक आलोचना पनि गरिन्।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान नगरी देशको आर्थिक विकास सम्भव नहुने बताउँदै सरकारको आर्थिक नीतिमा पुनर्विचार गर्नुपर्ने धारणा राखिन्।

Advertisement Ads

Stay Updated With 33 https://bajarkochirfar.com/finance-minister-who-knows-36-countries-could-not-know-his-own-country-budget-failed-in-the-first-month-mp-sangraula | %tags
यो पनि पढ्नुहोस

सेयर बजारबाट ६ खर्ब स्वाहा हुँदा अर्थमन्त्री चिठ्ठा खेलाएर बसे: सांसद सङ्ग्रौला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Bishnu Gautam
Bishnu Gautam
1 month ago

Yin ko naam nalinus alaxin lagx

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स