insta insta

सेयर बजारबाट ६ खर्ब स्वाहा हुँदा अर्थमन्त्री चिठ्ठा खेलाएर बसे: सांसद सङ्ग्रौला

सेयर बजारबाट ६ खर्ब स्वाहा हुँदा अर्थमन्त्री चिठ्ठा खेलाएर बसे: सांसद सङ्ग्रौला
Advertisement Ads

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले वर्तमान सरकारको आर्थिक नीति असफल हुँदै गएको दाबी गरेकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सङ्ग्रौलाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएको पहिलो महिनामै यसको कमजोरी देखिन थालेको बताइन्।

उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर नयाँ लगानी गर्न तयार छैनन्। उनले यसलाई सरकारको आर्थिक नीतिप्रति निजी क्षेत्रको अविश्वासको संकेतका रूपमा व्याख्या गरिन्।

सङ्ग्रौलाले सरकार गठन भएयता पूँजीबजारमा करिब ६ खर्ब रुपैयाँ गुमेको बताउदै पूँजीबजारमा देखिएको समस्याप्रति सरकार गम्भीर नबनेको उनको आरोप थियो।

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि पनि कडा टिप्पणी गरिन्। वाग्लेले ३६ देशको अर्थतन्त्र बुझेको दाबी गरिए पनि आफ्नै देशको आर्थिक समस्या बुझ्न नसकेको आरोप उनले लगाइन्।

सङ्ग्रौलाले अर्थतन्त्रका समस्या समाधान गर्नुपर्ने समयमा अर्थमन्त्री चिठ्ठा कार्यक्रमतर्फ बढी केन्द्रित भएको भन्दै आलोचना गरिन्।

‘अर्थमन्त्रीज्युले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरुले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो । किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन । बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरको छैन ? के व्यवसायीहरुलाई दुई तिहाई बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ? अर्को कुरा वर्तमान सरकार गठन भएपछि पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाँही चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरि देश विकास हुन्छ र ?’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स