सर्वसाधारणका लागि बेनी हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ९ गते
सर्वसाधारणका लागि बेनी हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ?
AdvertisementAds

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स