संस्थापकले नकिनेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ९ गते
संस्थापकले नकिनेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा
AdvertisementAds

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो।

कम्पनीले वैशाख १५ गते ३५ दिने सूचना प्रकाशित गरी संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको थियो। तर तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद निवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स