बुद्धभूमि नेपाल हाइड्रोपावरको १०० प्रतिशत हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म भर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ११ गते
बुद्धभूमि नेपाल हाइड्रोपावरको १०० प्रतिशत हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म भर्न सकिने ?
AdvertisementAds

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। अब लगानीकर्ताले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले चैत्र २२ गतेदेखि हकप्रद निष्काशन सुरु गरेको हो। कम्पनीले १:१ अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशत बराबर ४० करोड रुपैयाँ मूल्यको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ।

यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि नेपाल धितोपत्र बोर्ड ले माघ २१ गते कम्पनीलाई अनुमति दिएको थियो।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स