बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले गत माघ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। साविकको चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको थियो।
रितपूर्वक आवेदन दिएका लगानीकर्ताहरूलाई कुल ३५ लाख २५ हजार ३०४ कित्ता सेयर बाँडफाँड गरिएको छ। हकभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरूको नपरेको रकम आज जेठ ८ गतेदेखि उनीहरूको बैंक खातामा फिर्ता गरिएको कम्पनीले जनाएको छ।
यस क्रममा ४ लाख ७४ हजार ६९६ कित्ता सेयर भने अवितरित रहेको छ, जसलाई कम्पनीले अब लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।
कम्पनीले बैंक कर्जाको आंशिक भुक्तानी गर्नका लागि हकप्रद सेयर निष्काशन गरेको हो। उक्त निष्कासन तथा बाँडफाँडको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको थियो।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया