नेपालमै बनेको ‘यात्री पी–२’ सार्वजनिक, अर्थमन्त्री वाग्ले भन्छन्- ‘नेपालमा बबालै हुन्छ’

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ९ गते
नेपालमै बनेको ‘यात्री पी–२’ सार्वजनिक, अर्थमन्त्री वाग्ले भन्छन्- ‘नेपालमा बबालै हुन्छ’
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गरेका छन्। सिप्रदी यात्री कम्पनीले उत्पादन गरेको स्कुटर सार्वजनिक गर्दै उनले स्वदेशमै बनेको यस्तो उत्पादनले राष्ट्रिय आत्मविश्वास बढाएको बताए।

“बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो,” अर्थमन्त्री डा. वाग्लेले भने, “नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो।”

उनले ‘यात्री पी–२’ इटालीका प्रख्यात ब्रान्डभन्दा पनि अब्बल बन्दै विश्व बजारमा विस्तार हुन सकोस् भन्दै शुभकामना दिए। नेपालमै उत्पादन भएको विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले आवश्यक सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स