दुई लघुवित्त कम्पनीबीच प्राप्ति सम्पन्न, कहिलेदेखि हुँदैछ एकीकृत कारोबार?

Advertisement Ads
दुई लघुवित्त कम्पनीबीच प्राप्ति सम्पन्न, कहिलेदेखि हुँदैछ एकीकृत कारोबार?
Advertisement Ads

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।

दुवै संस्थाको साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेपछि एकीकृत कारोबारको प्रक्रिया अघि बढाइएको हो। स्वरोजगार लघुवित्तको जेठ १ गते सम्पन्न विशेष साधारण सभा र विन नेपाल लघुवित्तको जेठ ५ गते सम्पन्न वार्षिक साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्ताव अनुमोदन गरेका थिए।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको कम्पनीहरूले जनाएका छन्। एकीकृत कारोबार सुरु हुने दिन दुवै संस्थाको सम्पूर्ण कारोबार बन्द रहनेछ।

प्राप्तिपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन हुनेछ। संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ मा रहनेछ।

दुवै कम्पनी नेपाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत छन्। स्वरोजगार लघुवित्तको ८९ लाख ५६ हजार ३३७ कित्ता र विन नेपाल लघुवित्तको ८ लाख ४३ हजार ४०६ कित्ता सेयर दोस्रो बजारमा सूचीकृत रहेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
K stha
K stha
1 month ago

Merger or acquisition?

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स