सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति तोकियो मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ६ गते
सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति तोकियो मूल्य ?
AdvertisementAds

छिमेक लघुवित्त वित्तीय संस्थाले ४ हजार ४१४ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको नाममा रहेको उक्त संस्थापक सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको थियो। असार २ गतेदेखि खुला गरिएको बिक्री अवधिमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइएको हो।

उक्त सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ निर्धारण गरेको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स