चारवटा कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ। लाभांश पारित गर्न सन नेपाल लाइफ इन्स्योरेन्स, रुरु जलविद्युत परियोजना, साना किसान विकास लघुवित्त र स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्न लागेको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न आज बिहान साढे १० बजेदेखि काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटर्स प्रा.लि. मा वार्षिक साधारण सभा बस्दैछ।
रुरु जलविद्युत परियोजनाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न आज बिहान ११ बजेदेखि काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ड इभेन्टमा वार्षिक साधारण सभा बस्दैछ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारितका लागि आज बिहान ११:१५ बजेदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साधारण सभा आयोजना हुँदैछ।
यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको ५.६३६५ प्रतिशत बोनस सेयर तथा ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारितका लागि आज बिहान ११ बजेदेखि काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्समा साधारण सभा सुरु हुनेछ।















प्रतिकृया