नारायणी अस्पतालका सबै डाक्टरले दिए राजीनामा, माग पूरा नभए देशभरका डाक्टरले पनि राजीनामा दिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
नारायणी अस्पतालका सबै डाक्टरले दिए राजीनामा, माग पूरा नभए देशभरका डाक्टरले पनि राजीनामा दिने
AdvertisementAds

वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि भएको आक्रमणको विरोधमा उनीहरूले राजीनामा बुझाएका हुन्।

चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग गर्दै आन्दोलन गरिरहेका थिए। माग सम्बोधन नभएपछि उनीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

यस आन्दोलनका कारण सोमबार देशभरका सरकारी अस्पतालमा आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द रहेका छन्। स्वास्थ्य मन्त्रालयले दोषीमाथि कारबाही हुने बताउँदै ओपीडी सेवा सञ्चालन गर्न चिकित्सकहरूलाई आग्रह गरे पनि सेवा पुनः सञ्चालन भएको छैन।

नेपाल चिकित्सक संघले नारायणी अस्पतालका चिकित्सकको राजीनामापछि पनि माग पूरा नभए मंगलबारदेखि देशभरका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएको छ।

गत शनिबार हृदयघात भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले नारायणी अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपात गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स