दुई विकास बैंक र एक फाइनान्स कम्पनी परे राष्ट्र बैंकको कारबाहीमा, कुनलाई कस्तो सजाय ?

दुई विकास बैंक र एक फाइनान्स कम्पनी परे राष्ट्र बैंकको कारबाहीमा, कुनलाई कस्तो सजाय ?
Advertisement Ads

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास अवधिमा विकास बैंक र वित्त कम्पनीका केही पदाधिकारीमाथि कारबाही गरेको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका पदाधिकारीलाई सचेत गराइएको छ भने रिलायन्स फाइनान्सलाई जरिवाना गरिएको छ।

नारायणी डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको हो। समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको सर्तविपरीत आ.व. २०८१/८२ मा एकल ग्राहक कर्जा सीमाको उल्लंघन गरी कर्जा प्रवाह गरिएको पाइएपछि उनलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

Screenshot 27 7 2026 124210 www.nrb .org .np https://bajarkochirfar.com/two-development-banks-and-one-finance-company-have-been-taken-into-action-by-the-national-bank-what-punishment-will-be-given-to-each | %tags

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल तथा बैंकका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई पनि सचेत गराइएको छ। २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको स्थलगत निरीक्षणका क्रममा बैंकको भल्टमा रहेको नगद अपचलन भएको, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच रहेको तथा आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ। घटनापछि पनि विस्तृत छानबिन गरी दोषीमाथि कारबाही नगर्नु र आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक सुधार नगरेकाले उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराइएको हो।

Screenshot 27 7 2026 124220 www.nrb .org .np https://bajarkochirfar.com/two-development-banks-and-one-finance-company-have-been-taken-into-action-by-the-national-bank-what-punishment-will-be-given-to-each | %tags Screenshot 27 7 2026 124237 www.nrb .org .np https://bajarkochirfar.com/two-development-banks-and-one-finance-company-have-been-taken-into-action-by-the-national-bank-what-punishment-will-be-given-to-each | %tags

वित्त कम्पनीतर्फ रिलायन्स फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात कायम नगरेकाले कारबाही गरिएको छ। राष्ट्र बैंकका अनुसार २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात कायम नगरेकाले प्रचलित व्यवस्थाअनुसार २,९२४.४८ रुपैयाँ जरिवाना लगाइएको छ।

Screenshot 27 7 2026 124247 www.nrb .org .np https://bajarkochirfar.com/two-development-banks-and-one-finance-company-have-been-taken-into-action-by-the-national-bank-what-punishment-will-be-given-to-each | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स