insta insta

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय चितवन, भरतपुर महानगरपालिका–१० मा विभिन्न विभागका जागिर खुलेको छ।

बैंकले रिस्क/अपरेशन/रिकभरी/मार्केटिङ विभागमा अफिसर स्तरका पदहरू खुल्ला गरेको छ। यसका लागि न्यूनतम व्यवस्थापनमा स्नातक डिग्री अनिवार्य छ भने CA/Semi-CA/ACCA भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको बैंकिङ अनुभव आवश्यक छ।

त्यस्तै, क्रेडिट/अपरेशन/सूचना प्रविधि विभागमा असिस्टेन्ट स्तरका पदहरू खुल्ला छन्। न्यूनतम व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक डिग्री आवश्यक छ। सम्बन्धित क्षेत्रमा २–३ वर्षको बैंकिङ अनुभव, कोर बैंकिङ सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, SQL, मोबाइल बैंकिङ, CIPS/IPS संचालनको ज्ञान हुनुपर्नेछ। स्थानीय उम्मेदवारलाई दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले आवेदन पत्र, अपडेटेड CV, हालसालैको पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाणपत्र र कार्य अनुभव प्रमाणपत्रको प्रतिलिपि यस इमेल ठेगानामा पठाउनुपर्नेछ: [email protected]। आवेदन बुझाउने अन्तिम मिति पुस २२ गते दिउँसो ५:०० बजेसम्म तोकिएको छ। 603902491 1534289055088079 5450996074634867413 n https://bajarkochirfar.com/job-openings-have-been-opened-at-narayani-development-bank-for-which-positions-can-you-apply-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स