सर्वसाधारणले माघ १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको सेयर पाउने

सर्वसाधारणले माघ १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको सेयर पाउने
AdvertisementAds

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख ६ हजार ५९७ कित्ता अवितरित संस्थापक हकप्रद सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद सेयर निष्काशन गरी आवेदन माग गरेको थियो। सो अवधिमा संस्थापक समूहका लागि छुट्याइएका ६ लाख ३ हजार १६२ कित्ता सेयरमध्ये पर्याप्त आवेदन नपरेपछि ती सेयर मंसिर १८ गतेदेखि २५ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको थियो।

तर लिलामी अवधिमा पनि संस्थापक समूहका लागि मात्र २ लाख ९६ हजार ५६५ कित्ता सेयरका लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ। बाँकी रहेको ३ लाख ६ हजार ५९७ कित्ता संस्थापक सेयर अब सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

बैंकका अनुसार माघ १८ गतेदेखि उक्त सेयर खरिदका लागि बोलपत्र आवेदन खुला हुनेछ। यसमा व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरू सबैले आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलकबोलमार्फत न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

AdvertisementAds

लगानीकर्ताले नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका विराटनगर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखा कार्यालयमार्फत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन ४ गते तोकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स