हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा अमात्य नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा अमात्य नियुक्त
Advertisement Ads

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त गरेको छ। उनी साउन ११ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीमा रहनेछन्।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनी सचिव विकास बस्नेतका अनुसार अर्को व्यवस्था नभएसम्म अमात्यले निमित्त सीईओका रूपमा कम्पनीको नेतृत्व गर्नेछन्।

अमात्य यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। नयाँ जिम्मेवारीसँगै उनले अब कम्पनीको नियमित व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।

Screenshot 27 7 2026 152117 www.nepalstock.com https://bajarkochirfar.com/amatya-appointed-as-acting-ceo-of-himalayan-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स