हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा बुधबार काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले स्वीकृत गरेको छ।
यसैगरी, सभाले स्वतन्त्र सञ्चालकका रूपमा गोपाल घिमिरेको नियुक्ति तथा सञ्चालक दीपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि सभाबाट अनुमोदन गरिएको छ।
साथै, सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय पनि पारित भएको छ। प्रस्तावित विषयमा नियामक निकायबाट कुनै फेरबदल, संशोधन वा परिमार्जनका लागि निर्देशन आएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरिएको छ। कम्पनी ऐनको दफा १०५(१)(ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चको पनि अनुमोदन गरिएको छ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा कम्पनीलाई अग्रणी स्थानमा पुर्याउन सेयरधनीबाट प्राप्त सुझावहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया