हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि दाहाल कम्पनीका निमित्त सीईओका रूपमा कार्यरत थिए। पूर्व सीईओ मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि उनलाई नयाँ सीईओको जिम्मेवारी दिइएको हो।
४७ वर्षीय दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आवद्ध अनुभवी व्यक्ति हुन्। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् र सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट सीए उपाधि प्राप्त गरेका हुन्।
सर्लाही जिल्लाको ढुंगे्रखोला नगरपालिका–४ निवासी दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव छ। उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएससम्बन्धी विभिन्न तालिमहरू पनि लिएका छन्।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)



प्रतिकृया