हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्तावहरू समेत सभाले पारित गरेको छ।
सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले सभा समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गरिने आश्वासन दिए। साथै, सभामा सहभागी भई सहयोग गर्ने सम्पूर्ण सेयरधनीप्रति धन्यवाद पनि व्यक्त गरेका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ २८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यसअनुसार, जेठ २७ गतेसम्म नेप्सेमा दर्ता भएका सेयरधनीहरूले ८ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।












![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया