insta insta

किन ७५६४.८६ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
किन ७५६४.८६ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा ?
Advertisement Ads

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा ७५६४.८६ प्रतिशतले बढेर ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज घट्नु र खुद ब्याज आम्दानीमा वृद्धि भएका कारण संस्थाको नाफा वृद्धि भएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी ३१.९० प्रतिशतले बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ रहेको छ। संस्थाको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको २ करोड ९९ लाख रुपैयाँबाट घटेर ७४ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ। संस्थाको खराब कर्जा अनुपात ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ।

३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोष २९ करोड ८९ लाखबाट बढेर ३१ करोड ८८ लाख रुपैयाँ, र रिटेन्ड अर्निङ १२ करोड ४१ लाखबाट बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

गत बर्षको तुलनामा असोज मसान्तसम्म संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ५५ लाख बाट बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १७.२५ प्रतिशत रहेको लाभांश क्षमता बढेर ३७.४१ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ०.५६ रुपैयाँबाट बढेर ३७.२८ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २२६.६० रुपैयाँ, मूल्य आम्दानी अनुपात (P/E Ratio) ३४.१७ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६२४.२४ रुपैयाँ र तरलता अनुपात १३.३३ प्रतिशत कायम भएको छ।

MSLB 1 https://bajarkochirfar.com/why-did-mahuli-laghubittas-profit-increase-by-7564-86-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स