रिज लाइन इनर्जी लिमिटेडले १२.५०४ मेगावाटको माईवा खोला जलविद्युत् आयोजनाका लागि पूर्ण स्वामित्वको सहायक कम्पनी स्थापना गर्ने भएको छ।
कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको १२१औँ बैठकले माईवा खोला एचपीपीको सर्वेक्षण, अध्ययन तथा निर्माण कार्यका लागि ‘रिज पावर लिमिटेड’ नामको प्रस्तावित सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको हो।
कम्पनीले विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाको विकास तथा निर्माणसम्बन्धी काम नयाँ सहायक कम्पनीमार्फत अघि बढाउने जनाएको छ।

प्रतिकृया