रिज लाइन इनर्जीले दूधपोखरी चेपे आयोजनाका लागि १५ करोड १५ लाख बैंक जमानत दिने

रिज लाइन इनर्जीले दूधपोखरी चेपे आयोजनाका लागि १५ करोड १५ लाख बैंक जमानत दिने

रिज लाइन इनर्जी लिमिटेडले आफू समेत सेयरधनी रहेको जलविद्युत आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई संस्थागत बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको छ।

कम्पनीको असार ५ गते सम्पन्न सञ्चालक समितिको ११६औँ बैठकले दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि उक्त निर्णय गरेको हो।

निर्णयअनुसार, आयोजनाको निर्माण तथा विस्तारका लागि राष्ट्रिय वाणिज्य बैंकबाट लिइएको थप ऋण सुविधाको सुरक्षणस्वरूप रिज लाइन इनर्जीले १५ करोड १५ लाख रुपैयाँबराबरको संस्थागत बैंक जमानत उपलब्ध गराउनेछ।

कम्पनीका अनुसार उक्त जमानतले दूधपोखरी चेपे हाइड्रोपावरलाई थप ऋण सुविधा सुनिश्चित गर्न सहयोग पुग्नेछ।

Screenshot 22 6 2026 115243 www.nepalstock.com https://bajarkochirfar.com/ridge-line-energy-to-provide-rs-151-5-million-bank-guarantee-for-dudhpokhari-chepe-project | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स