सोपान फर्मास्युटिकल्सको २ लाख १० हजार कित्ता सेयरको लकइन खुल्दै

सोपान फर्मास्युटिकल्सको २ लाख १० हजार कित्ता सेयरको लकइन खुल्दै
Advertisement Ads

सोपान फर्मास्युटिकल्स लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको २ लाख १० हजार ९६५ कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशनअघि सामूहिक लगानी कोषका लागि छुट्याएको २ लाख १४ हजार ५०० कित्ता सेयरमध्ये हाल लकइनमा रहेको २ लाख १० हजार ९६५ कित्ता सेयरको लकइन अवधि २०८३ कात्तिक १६ गतेदेखि समाप्त हुने जनाएको छ।

सोपान फर्मास्युटिकल्सले जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

कम्पनीका अनुसार सामूहिक लगानी कोषका दुई योजना परिपक्व भइसकेकाले ती योजनाको स्वामित्वमा रहेका ३ हजार ५३५ कित्ता सेयर भने नियामकको निर्देशनअनुसार लकइन अवधि अगावै फुकुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स