इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई रोजगारसँग जोड्ने लक्ष्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई रोजगारसँग जोड्ने लक्ष्य
Advertisement Ads

सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।

मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन सत्रमा थारू नृत्य तथा नौमती बाजाको सांस्कृतिक प्रस्तुति रहनेछ।

उद्घाटनपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल आयोजना गरिनेछ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्रालयले जनाएको छ। आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म तालिम सहभागी छनोट, प्रशिक्षार्थी समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायकको परिचय र सूचना–परामर्श सेवा सञ्चालन हुनेछन्।

भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत ट्रेडमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन गरिनेछ। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श, रेफरल, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी छलफललगायतका गतिविधि निरन्तर सञ्चालन हुनेछन्।

826988886 4159072217557803 8313835334259023352 n https://bajarkochirfar.com/skills-and-employment-fair-to-begin-in-itahari-today-aims-to-connect-youth-with-employment | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स