रिज लाइन इनर्जीको ७१ हजार बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै

रिज लाइन इनर्जीको ७१ हजार बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै
Advertisement Ads

रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म मात्र कायम रहने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार रिज लाइन इनर्जीको सामूहिक लगानी कोषको नाममा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि भदौ १३ गते सकिन लागेको हो। लक–इन अवधि समाप्त भएपछि उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।

Screenshot 27 7 2026 115316 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-period-for-over-71000-shares-of-ridge-line-energy-is-expiring | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स