कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत गराउने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड रुपैयाँ को आधारमा ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस सेयरको रकम ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। यसबापत २८ लाख १८ हजार ४२१ रुपैयाँ ५ पैसा नगद वितरण हुनेछ।
बोनस सेयर र कर प्रयोजनको नगद लाभांश गरी कम्पनीले कुल ८.९४७४ प्रतिशत, अर्थात् ५ करोड ६३ लाख ६८ हजार ४२१ रुपैयाँ ५ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


प्रतिकृया