४ वटा कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दिए आवेदन

४ वटा कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दिए आवेदन

नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्काशनका लागि ४ वटा कम्पनीले अनुमति मागेका छन्। यसअन्तर्गत नेपाल वेयरहाउजिङ कम्पनी, मोदी इनर्जी, कालिञ्चोक दर्शन र हिमालयन हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।

हाल कायम चुक्तापुँजीको आधारमा नेपाल वेयरहाउजिङ कम्पनीले १०० प्रतिशत, मोदी इनर्जीले ९०.०३ प्रतिशत, कालिञ्चोक दर्शनले १०० प्रतिशत र हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति मागेका छन्।

धितोपत्र बोर्डले अनुमति दिएमा नेपाल वेयरहाउजिङ कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ६८ लाख ७५ हजार कित्ता, मोदी इनर्जीले २ करोड ६१ लाख ८ हजार ५०० कित्ता, कालिञ्चोक दर्शनले ६३ लाख कित्ता र हिमालयन हाइड्रोपावरले १ करोड ९ लाख ५० हजार कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्नेछ।

हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल वेयरहाउजिङ कम्पनीको लागि हिमालयन क्यापिटल, मोदी इनर्जीको लागि हिमालयन सेक्युरिटिज बैंकर, कालिञ्चोक दर्शनको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र हिमालयन हाइड्रोपावरको लागि ग्लोबल आइएमई बैंक रहनेछ।

Screenshot 2026 04 01 170243 https://bajarkochirfar.com/4-companies-are-issuing-rights-shares-and-have-submitted-applications-to-the-board | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स