हिमालयन हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न १८ औं साधारण सभा आह्वान गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २४ गते बिहान ११ बजे पोखरास्थित वाटरफ्रन्ट रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा हकप्रद सेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट निर्देशन आएमा त्यस अनुसार कार्यान्वयन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित हुने छ। साथै, १८ औं वार्षिक प्रतिवेदन, आव २०८१–८२ को वासलात तथा नाफा–नोक्सान लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०८२–८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
साधारण सभाका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, असोज ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।





















प्रतिकृया