१०६० प्रतिशतले उकालो लाग्यो हिमालयन हाइड्रोपावर को नाफा, अन्य सूचक कस्ता?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
१०६० प्रतिशतले उकालो लाग्यो हिमालयन हाइड्रोपावर को नाफा, अन्य सूचक कस्ता?

हिमालयन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०६० प्रतिशतले बढेर ६ करोड ४१ लाख ९८ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २३ करोड ७८ लाख रुपैयाँबाट बढेर २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १२ करोड ९२ लाखबाट घटेर ८ करोड ९२ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च घटदा नाफा बढेको हो।

१ अर्ब ९ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा २४ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ९६ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स