हिमालयन हाइड्रोपावर लिमिटेडका ९० लाख २१ हजार ११५ कित्ता सेयरको लकइन अवधि आउँदो असार २७ गते समाप्त हुँदैछ।
हाल संस्थापक समूहका ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाका २ लाख ८१ हजार ७५० कित्ता, र कम्पनीमा कार्यरत कर्मचारीका ३९ हजार ३६५ कित्ता सेयर लकइन अवधिमा छन्।
लकइन अवधि समाप्त भएपछि यी सबै सेयरहरू बजारमा कारोबार योग्य हुनेछन्। कम्पनीको सेयर रजिष्ट्रारको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।


प्रतिकृया