हिमालयन हाइड्रोपावर लिमिटेडका ९० लाख २१ हजार ११५ कित्ता सेयरको लकइन अवधि पर्सि, असार २७ गते सकिंदैछ।
यीमध्ये संस्थापक समूहका ८७ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका नाममा रहेको २ लाख ८१ हजार ७५० कित्ता, र कर्मचारीका लागि सुरक्षित ३९ हजार ३६५ कित्ता सेयर विगत तीन वर्षदेखि लकइनमा थिए।
२०७९ सालको असार २८ गते कम्पनीले सर्वसाधारणका लागि आईपीओ बाँडफाँड गरेको थियो। सोही दिनदेखि तीन वर्षसम्म उक्त सेयरहरू निष्क्रिय राख्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको थियो।
अब लकइन अवधि समाप्त भएपछि आइतबारबाट यी सबै सेयरहरू कारोबार योग्य हुनेछन्।





















प्रतिकृया