कालिञ्चोक दर्शन लिमिटेडले १२औँ वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको १०२औँ बैठकको निर्णयअनुसार साधारण सभा असोज १६ गते शुक्रबार जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा बिहान ११ः३० बजे बस्ने भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको अन्तिम आर्थिक विवरण पारित गर्ने प्रस्तावमाथि छलफल गर्नेछ। यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालकको नियुक्ति बाँकी अवधिका लागि अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीले हाल कायम चुक्ता पुँजी रु. ६३ करोडको ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार रु. ५ करोड ३५ लाख ५० हजार बराबरको बोनस सेयर वितरण हुनेछ। बोनस सेयरको कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत अर्थात् रु. २८ लाख १८ हजार ४२१.०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. ६८ करोड ३५ लाख ५० हजार पुग्नेछ। सोही पुँजीका आधारमा कम्पनीले पूर्वनिर्धारित १ः१ अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ। यसअनुसार प्रतिसेयर रु. १०० अंकित दरका ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर निष्काशन तथा समायोजन गर्ने प्रस्ताव छ।
कम्पनीले आफ्नो व्यावसायिक कार्यक्षेत्र विस्तार तथा लगानी विविधीकरणका लागि कृषि, जलविद्युत्, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानी तथा व्यवसाय सञ्चालन गर्ने उद्देश्यसमेत थप तथा परिमार्जन गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, प्रस्तावित बोनस तथा हकप्रद सेयर जारी भएपछि हुने पुँजी वृद्धिलाई समायोजन गर्न कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद सेयर निष्काशन तथा नियमनकारी निकायबाट थपघट वा संशोधनका लागि निर्देशन आएमा सोहीबमोजिम आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत साधारण सभामा राखिएको छ।
कम्पनीले साधारण सभाका लागि असोज ९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसैले असोज ८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्।


प्रतिकृया