कालिञ्चोक दर्शन लिमिटेडका दुई आधारभूत सेयरधनीले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसायसहित कम्पनीलाई जानकारी गराएका छन्।
कम्पनीका अनुसार सुजन उप्रेतीले आफ्नो नाममा रहेको ९४ हजार ५०० कित्ता र थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता सेयर बिक्री गर्ने आशय व्यक्त गरेका छन्।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार दुवै सेयरधनीबाट आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहितको निवेदन प्राप्त भएको कम्पनीले जनाएको छ।


प्रतिकृया