आज अर्थ समितिमा पूँजी बजारलाई लगानीमैत्री बनाउनेबारे छलफल हुँदै

आज अर्थ समितिमा पूँजी बजारलाई लगानीमैत्री बनाउनेबारे छलफल हुँदै
Advertisement Ads

संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिले आज नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल गर्ने भएको छ।

समितिको बैठक आज बिहान ८ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपालको पूँजी तथा सेयर बजारका समसामयिक विषयमा छलफल हुनेछ।

समितिको कार्यसूचीमा धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणलगायत विषय रहेका छन्। साथै, पूँजी बजारको वर्तमान अवस्था, बजार सञ्चालनमा देखिएका समस्या तथा आवश्यक नीतिगत र संस्थागत सुधारबारे पनि छलफल गरिनेछ।

बैठकमा अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरिएको छ।

त्यस्तै, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्षलाई पनि बैठकमा बोलाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स