instainsta

सम्पदा लघुवित्तले माग्यो सीईओ, केके चाहिन्छ योग्यता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २३ गते
सम्पदा लघुवित्तले माग्यो सीईओ, केके चाहिन्छ योग्यता ?
AdvertisementAds

सम्पदा लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। संस्थाले इच्छुक र योग्य व्यक्तिहरूलाई वैशाख ३० गतेभित्र आवेदन दिन आह्वान गरेको छ।

सीईओ पदका लागि आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्यांक, गणित, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन जस्ता विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था वा विश्वविद्यालयमा अधिकृत वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव आवश्यक छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तहमा कम्तीमा ५ वर्ष वा व्यवस्थापन तहमा कम्तीमा १० वर्षको कार्यानुभव भएको, उच्च सम्पर्क क्षमता, समन्वय कौशल, लघुवित्त क्षेत्रमा विद्यमान चुनौतीहरूसँग जुझ्न सक्ने प्रतिबद्धता र स्थलगत कार्यसम्पादनमा दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

आवेदकको उमेर ६० वर्ष ननाघेको हुनुपर्नेछ भने तलब र अन्य सुविधा आपसी सहमतिमा तय गरिने लघुवित्तले जनाएको छ। छनोट प्रक्रिया शैक्षिक योग्यता र अनुभवका आधारमा सर्टलिस्ट, व्यावसायिक योजना, प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स