सम्पदा लघुवित्तको नाफा ९.४० प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात ६%

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
सम्पदा लघुवित्तको नाफा ९.४० प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात ६%
AdvertisementAds

सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा ९.४० प्रतिशतले बढेर ८ करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ७८.०१ प्रतिशतले बढेर ५३ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने संचालन आम्दानी ७६.१७ प्रतिशतले बढेर ६३ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ७२ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।यस्तै, खराब कर्जा अनुपात ४.८० प्रतिशतबाट बढेर ६ प्रतिशत पुगेको छ।

चौथो त्रैमाससम्म लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५३ लाख ३३ हजार रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी ७० करोड ८ लाख रुपैयाँ रहेको छ। यस्तै, रिटेन्ड अर्निङ ८ करोड ५३ लाख ३३ हजार रुपैयाँ र रिजर्भमा २६ करोड ५६ लाख रुपैयाँ सञ्चित रहेको छ।

AdvertisementAds

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.९८ रुपैयाँले बढेर ११.४६ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९०.६० गुणा र तरलता अनुपात ७.२१ प्रतिशत कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स