insta insta

एसईई पास भएकाहरुलाई सम्पदा लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एसईई पास भएकाहरुलाई सम्पदा लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।संस्थाले केन्द्रीय तथा शाखा कार्यालयका लागि सूचना प्रविधि, शाखा प्रमुख, कनिष्ठ सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको हो।

सूचना प्रविधि पदका लागि प्रविणता प्रमाणपत्र तह वा स्नातक तहसम्म आईटी विषयमा अध्ययन गरी कम्तीमा एक वर्ष अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ। शाखा प्रमुखका लागि प्रविणता प्रमाणपत्र तह पास गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्षको अनुभव अनिवार्य छ।

त्यस्तै, कनिष्ठ सहायकका लागि एसईई पास गरी एक वर्ष अनुभव भएको र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि मात्र SEE पास भएकाले पनि आवेदन दिन सक्नेछन्। सवारी चालक अनुमतिपत्र प्राप्त, कम्प्युटरमा दक्ष र बाग्मती तथा गण्डकी प्रदेशका स्थायी बासिन्दालाई प्राथमिकता दिइनेछ।

आवेदन दिने अन्तिम मिति भदौ ३० रहेको छ। योग्य उम्मेदवारले आवश्यक कागजातसहित केन्द्रीय कार्यालय वा [email protected] मा दरखास्त पठाउन सक्नेछन्।

1756709315 Vacancy https://bajarkochirfar.com/jobs-are-available-at-sampada-microfinance-for-those-who-have-passed-see-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स