इन्फिनिटी लघुवित्तको नाफा दोब्बरले बढ्यो, अन्य सूचक कस्तो ?

इन्फिनिटी लघुवित्तको नाफा दोब्बरले बढ्यो, अन्य सूचक कस्तो ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १०४.७१ प्रतिशतले बढेर ९ करोड ३८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुनुका कारण नाफामा वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा इन्फिनिटी लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशतले बढेर ४० करोड ५० लाquख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ४०.९३ प्रतिशतले बढेर ४७ करोड ७८ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ करोड ९० लाख रुपैयाँबाट बढेर ४ करोड २१ लाख रुपैयाँमा पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात २.७६ प्रतिशतबिन्दुले घटेर ७.४३ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ९७ करोड २ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ  ।

लघुवित्तको चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ८ करोड रुपैयाँ र जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६४ पैसाले बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ।

थप वित्तीय सूचकहरू हेर्दा, लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा, पुँजी कोष जोखिम सम्पत्ति अनुपात ११.२८ प्रतिशत, लागत कोष ७.४१ प्रतिशत, आधार दर १३.२३ प्रतिशत, तथा ब्याजदर स्प्रेड दर ७.५९ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

ILBSL https://bajarkochirfar.com/infinity-microfinances-profit-doubled-what-about-other-indicators | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स