दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब भोलि कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब भोलि कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१ प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ५७१.४१ रुपैयाँ कायम भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर भोलि बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 11 3 2025 155159 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-two-companies | %tags

त्यस्तै, नेष्डो लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य १९८९.५० रुपैयाँ कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य २२७३ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर भोलि बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 11 3 2025 155148 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-two-companies | %tags

Advertisement Ads

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स