भोलि सेयर बजार सुधारबारे अर्थ समितिमा छलफल हुँदै, बोर्ड र नेप्सेसहित सरोकारवाला सहभागी हुने

भोलि सेयर बजार सुधारबारे अर्थ समितिमा छलफल हुँदै, बोर्ड र नेप्सेसहित सरोकारवाला सहभागी हुने
Advertisement Ads

संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिले नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल गर्ने भएको छ।

समितिले भोलि असोज १४ गते बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको सभाकक्षमा बैठक बोलाएको हो। बैठकमा नेपालको पूँजी बजार तथा सेयर बजारका समसामयिक विषयमा सम्बन्धित नियामक निकाय तथा संघ–संस्थाका प्रतिनिधिसँग छलफल गरिनेछ।

समितिको कार्यसूचीअनुसार धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणलगायत विषयमा छलफल हुनेछ। साथै, पूँजी बजारको वर्तमान अवस्था, बजार सञ्चालनमा देखिएका समस्या तथा लगानीकर्ताको विश्वास र हित संरक्षणका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारबारे पनि समितिले सरोकारवालासँग जानकारी लिनेछ।

बैठकमा अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरिएको छ।

त्यस्तै, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्षलाई पनि बैठकमा सहभागी हुन बोलाइएको छ।

पूँजी बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको अवस्थामा बजारको पारदर्शिता, नियमनको प्रभावकारिता, धितोपत्र निष्काशन तथा सूचीकरण प्रक्रिया र लगानीकर्ताको हित संरक्षणका विषयमा छलफल हुँदै आएको छ। अर्थ समितिको बैठकमा यी विषयमा सम्बन्धित नियामक तथा बजारका प्रमुख सरोकारवालाको धारणा लिइनेछ।

समितिले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक नीतिगत सुधारका विषयमा समेत छलफल गर्ने जनाएको छ।

830572523 2198951954387331 6982168720400631935 n 549x768 1 https://bajarkochirfar.com/discussions-on-stock-market-reforms-to-be-held-in-the-finance-committee-tomorrow-stakeholders-including-the-board-and-nepse-will-participate | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स