भोटेकोशी बाढीको बीमा दाबी: हालसम्म प्राधिकरणको प्रारम्भिक अनुमानभन्दा ५ अर्ब कम

भोटेकोशी बाढीको बीमा दाबी: हालसम्म प्राधिकरणको प्रारम्भिक अनुमानभन्दा ५ अर्ब कम
Advertisement Ads

नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको बीमा दाबीसम्बन्धी पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ। २०८३ असोज १२ गतेसम्मको विवरणअनुसार प्राधिकरणले प्रारम्भिक अनुमानित क्षतिको रकम परिमार्जन गर्दै कुल अनुमानित दाबी रकम रु. २० अर्ब ९८ करोड ८७ लाख कायम गरेको छ।

यसअघि प्राधिकरणले भदौ १५ गतेसम्मको सम्भावित जोखिमसमेत समेटेर अनुमानित ५८३ वटा दाबीबाट रु. २५ अर्ब ८७ करोड ३५ लाखको दाबीको तथ्यांक सार्बजनिक गरेको थियो। यसअघि प्राधिकरणले सम्भावित जोखिमलाई आधार मानेर ५८३ दाबीबाट २५ अर्ब ८७ करोड रुपैयाँ बिमा दाबी पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको थियो।

पछिल्लो विवरणअनुसार कुल दाबी संख्या बढेर २,१८० वटा पुगेको छ। तर, अनुमानित दाबी रकम भने अघिल्लो विवरणको तुलनामा घटेर करिब रु. २१ अर्बमा झरेको छ।

हालसम्म अग्रिम भुक्तानीसहित कुल रु. ६७ लाख ४८ हजार मात्र भुक्तानी भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।

हिमालयन एभरेष्टमा सबैभन्दा ठूलो रकमको दाबी

कम्पनीगत रूपमा हेर्दा सबैभन्दा ठूलो रकमको दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। कम्पनीमा १५९ वटा दाबीबाट रु. ६ अर्ब २७ करोड ५१ लाखको अनुमानित दाबी परेको छ।

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा २४२ वटा दाबीबाट रु. ३ अर्ब ५० करोड ७९ लाखको अनुमानित दाबी परेको छ।

दाबी संख्याका आधारमा भने शिखर इन्स्योरेन्स अगाडि छ। कम्पनीमा ४०१ वटा दाबी परेका छन्, जसको कुल अनुमानित रकम रु. २ अर्ब ९९ करोड ५४ लाख रहेको छ। शिखरले हालसम्म बीमितलाई रु. २६ लाख ६२ हजार भुक्तानी गरिसकेको छ।

सम्पत्ति बीमामा सबैभन्दा ठूलो दाबी

बीमालेखको प्रकारअनुसार सम्पत्ति बीमामा सबैभन्दा ठूलो रकमको दाबी परेको छ। यसअन्तर्गत ५१८ वटा दाबीबाट रु. ९ अर्ब ४१ करोड ५८ लाखको अनुमानित दाबी परेको छ। यसमध्ये रु. ३८ लाख १४ हजार भुक्तानी भइसकेको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा १६५ वटा दाबीबाट रु. ४ अर्ब ४१ करोड ४५ लाखको अनुमानित दाबी परेको छ। यसले पूर्वाधार तथा जलविद्युत् क्षेत्रमा भएको क्षतिसमेत समेट्छ।

दाबी संख्याका आधारमा भने मोटर बीमा अगाडि छ। मोटर बीमामा १,०६६ वटा दाबी परेका छन्, जसको अनुमानित रकम रु. ३ अर्ब ७ करोड ९३ लाख रहेको छ। यसतर्फ हालसम्म रु. २४ लाख १० हजार भुक्तानी भइसकेको छ।

त्यसैगरी, परिवहन बीमामा १०४ वटा दाबीबाट रु. २ अर्ब ४८ करोड ५१ लाखको अनुमानित क्षति रहेको छ।

बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन तथा क्षतिको मूल्याङ्कन भइरहेकाले दाबी संख्या र रकम अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले पीडित बीमितलाई सहज र छिटो भुक्तानी उपलब्ध गराउन निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

Screenshot 29 9 2026 11426 nia.gov .np https://bajarkochirfar.com/insurance-claims-for-bhotekoshi-floods-so-far-5-billion-less-than-the-authoritys-initial-estimate | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स